जनकपुर, २१ कात्तिक । कात्तिक पूर्णिमाको दिन बागमती नदीमा नुहाउने क्रममा हराएका एक जना दुई दिनपछि मृत फेला परेका छन् ।
सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वाका १४ वर्षीय आशिक यादव बुधबार बिहान करिब ६ बजे नुहाउन नदीमा पसेका थियो ।
त्यसपछि उनी बेपत्ता भएका थिए । दुई दिनसम्मको खोजीपछि शुक्रबार बिहान रौतहटको दुर्गा भगवती गाउँपालिका–२ अन्तर्गत बागमती नदीको किनारमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले शुक्रबार बिहान करिब ८ बजे शव बरामद गरेको हो ।














