काठमाडैं ५ कात्तिक। रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ६ सूर्यपुराघाटमा मूर्ति गर्ने क्रममा तीन जना युवाको डुबेर मृत्यु भएको छ।
मृत्यु हुनेमा मायादेवी गाउँपालिका वडा नम्बर १ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजन रहेका छन्।
प्रहरी र स्थानीयले खोजी गर्दा करिब २०० मिटर तल शव फेला परेको रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले बताए।














