जनकपुर, २२ असोज । महोत्तरीको जलेश्वरमा खाल्डोमा वर्षाको पानीमा डुबेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ धवौलीका ११ वर्षीय सलमान साफी रहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले बताएको छ ।
उनका अनुसार आज दिउँसो खाल्डोमा जमेको वर्षाको पानीमा नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मन्त्रीले बताएको छ ।














