काठमाडौं, ७ । काभ्रेको नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टंकप्रसाद शर्मा तिमल्सिनाको निधन भएको छ ।
मंगलबार बिहान उपचारको क्रममा उनको निधन भएको हो । गत साउन १० गते नमोबुद्धमा स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते भएका तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
नार्केबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६२ प ३५७८ नं.को स्कुटरले बिपरित दिशाबाट आउँदै गरेको बा.प्र. ०३–०२–००७ प ८८०० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।














