काठमाडौं, ९ भदौं । काठमाडौँको तारकेश्वरमा माइक्रोबस दुर्घटना भएको छ ।
तारकेश्वर नगरपालिका–७ स्थित साङ्ला खोलामा आज बिहान बागमती प्रदेश ०६–००१ ज ०५६२ नम्बरको माइक्रोबस खोलामा खसेको छ । काठमाडौँ–नुवाकोट सडक खण्डमा गुड्ने उक्त माइक्रोबस खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
चार्जिङ स्टेसनबाट बसपार्क जाने क्रममा माइक्रो दुर्घटनामा परेको चालकले बताएका छन् । गाडीमा चालकबाहेक कोही नभएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।














