KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कैलाली कारागार घटना : छानबिन समितिको निष्कर्ष, उच्चस्तरीय अनुसन्धान आवश्यक

कैलाली कारागार घटना : छानबिन समितिको निष्कर्ष, उच्चस्तरीय अनुसन्धान आवश्यक

काठमाडौं, ५ भदौ । कैलाली कारागारमा कैदीबन्दीबीच भएको हिंसात्मक घटनामा सूक्ष्म र उच्चस्तरीय अनुसन्धान आवश्यकता रहेको औंल्याइएको छ ।

एक जनाको मृत्यु र ४८ जना घाइते भएका गरी गत २३ साउनको राति भएको हिंसात्मक घटनाको छानबिनका लागि गठन गरिएको समितिले घटनाको सूक्ष्म र उच्चस्तरीय अनुसन्धान ठहर गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी नेतृत्वको पाँच सदस्यीय छानबिन समितिले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई प्रतिवेदन बुझाएका छन् ।

प्रतिवेदनमा कैदीबन्दीबीचको आपसी मतभेद, बन्दीगृहको प्रशासनमा आ–आफ्नो प्रभुत्व जमाउनु खोज्नुलगायतका कारणले कैदीबन्दीहरुबीच पटक–पटक वादविवाद हुुँदै आएको उल्लेख गरिएको छ । छानबिन समितिका सदस्य सचिवसमेत रहेका जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले बन्दीगृह प्रशासनमा प्रभुत्व जमाउने प्रयासका कारण कैदीबन्दीहरुबीच आपसी मतभेद सिर्जना गरेको देखिएको जनाए ।

सोही कारण उनीहरुबीच विवाद हुने गरेको र अन्तः उक्त विवादले हिंसात्सकस्थिति सिर्जना गरेको जोशीले जनाए । कारागारभित्र रहेका सीसीटीभी फुटेज प्रष्ट नदेखिएकाले विश्लेषण गर्न नसकिएको बताउँदै जोशीले घटनाको वास्तविकता पत्ता लगाउन सूक्ष्म र उच्चस्तरीय अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालिएको जानकारी पायो ।

अपराध अनुसन्धानमा विशिष्ट खालको अनुभव र दक्षता प्राप्त सुरक्षाकर्मीको टोलीमार्फत अनुसन्धान आवश्यक रहेको उनी जनाएको छ । छानबिनका क्रममा समितिले कारागारभित्र रहेका र हिंसात्मक घटनामा घाइते भएपछि अस्पतालमा रहेका कैदीबन्दीहरुसँग सोधपुछ गरेको थियो ।

घाइतेहरुले घटनाको कारणसहित त्यसमा भूमिका खेल्ने केही कैदीबन्दीको नाम छानबिन समितिलाई बताएका थिए । सोही आधारमा समितिले कारागारमै पुगेर उनीहरुसँग समेत सोधपुछ गरेको थियो तर उनीहरु समितिलाई इन्कारी बयान दिएका थिए ।

कारागारमा भएको हिंसात्मक घटनामा गम्भीर सुरक्षा लापरबाही गरेको भन्दै गृह प्रशासनले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई मन्त्रालय तानेर दाङका प्रुजिअ कृष्णप्रसाद लम्साललाई पठाएको थियो ।

Facebook Comment

Related Posts

भारी वर्षाको पूर्वानुमानपछि गृहमन्त्री र ऊर्जामन्त्रीले लिए जानकारी

भारी वर्षाको पूर्वानुमानपछि गृहमन्त्री र ऊर्जामन्त्रीले लिए जानकारी

आमाको पीडामाथि राजनीतिक प्रहार नगरियोस् : रचना खतिवडा

आमाको पीडामाथि राजनीतिक प्रहार नगरियोस् : रचना खतिवडा

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई

भोटेकोशी बाढीपीडितका लागि ३,२७९ रोपनी जग्गा पहिचान

भोटेकोशी बाढीपीडितका लागि ३,२७९ रोपनी जग्गा पहिचान

बस आगलागीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ रहेको पुष्टि

बस आगलागीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ रहेको पुष्टि

लालबकैया नदी ठेक्का प्रकरणमा यादवको सजाय सदर

लालबकैया नदी ठेक्का प्रकरणमा यादवको सजाय सदर

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar