काठमाडौं, ४ साउन । मुग्लिन–नारायणगढ सडकखण्डमा कारमाथि ढुंगा खसेर घाइते तिन जना भएका छन् ।
मुग्लिन–नारायणगढ सडकखण्डमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुईन खोला पुल नजिकमा कारमाथि ढुंगा खसेर घाइते भएका तीन जना भारतीय रहेको हो । प्रहरीका अनुसार, उक्त ढुंगा खसेर घाइते भएका तीन जना भारतको आग्रा घर भएका बताएका हुन् ।
नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको युपि ८० जीपि २९२८ नम्बरको भारतीय कारमा ढुंगा खसेको थियो ।
प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था सामान्य र एक जनाको मध्यम छ । घाइते हुनेमा कार चालक भारतको आग्रा बस्ने ४२ बर्षका रतेन्द्र यादव, ३३ बर्षका हर्मोन यादव र ३५ बर्षका हितेन्द्र यादव रहेको हो ।
अहिले पनि कार सडकमै रहेकोले हटाउने प्रयास भएको प्रहरीले जानकारी दिए ।
उक्त सडकखण्डमा बिहानदेखि वर्षा भइरहेको थियो । अहिले भने वर्षा रोकिएको स्थानीयले बताएका छन् ।














