काठमाडौं, २१ जेष्ठ । ललितपुरमा बाटो मर्मतले बिजुलीको पोल खसेर एक जनाको मृत्यु भएका छन् ।
मृत्यु हुनेमा सोही ठाउँको ५५ वर्षीय रमेश खड्गी रहेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताएको हो ।
प्र . ३–०१ ००३ क ६७४२ नम्बरको जेसिपिले विद्युत्को पोल अडाउने र सार्ने काम गर्ने क्रममा खसेको थियो । खड्गी बाटो ममर्तको काम छेउमा उभिएर हेरिरहेका थिए ।
सो क्रममा विद्युत्को पोल खसेर गम्भीर घाइते भएका थिए । उनलाई अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको छ
। उनको मृत्यु भएपछि स्थानीयहरूले ठेचो क्षेत्रमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
अहिले प्रहरी वृत्त सातदोबाटोमा विद्युत् प्राधिकरणका प्रतिनिधि, ठेकेदार, मृतकका आफन्तसहित छलफल भइरहेको छ ।










