सुर्खेत, १९ जेठ । वीरेन्द्रनगरको एक होटलमा रहेको स्वीमिङ पुलमा पौडी खेल्न गएकी एक बालिकाको मृत्यु भएको छ ।
वीरेन्द्रनगर नगरपालिका ३ तातापानीमा रहेको होटल पानारोमाले सञ्चालनमा ल्याएको स्वीमिङ्ग पुलमा पौडी खेल्न गएकी १० वर्षीया बालिकाको मृत्यु भएको हो ।
दुल्लु नगरपालिका ११ दैलेख स्थायी घर भइ हाल वीरेन्द्रनगर ३ तातापानी बस्दै आएकी दीपेन्द्र भण्डारीको छोरी प्रतिमा भण्डारीको स्वीमिङ्ग पुलमा पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढथापाले जानकारी दिएका छन ।
शनिबारको दिन भीडभाड बढी हुने स्वीमिङ्ग पुलमा पौडी खेल्न गएको र होटलको लापरवाहीले मृत्यु भएको परिवारले भनाइ छ ।














