काठमाडौं, १८ वैशाख । विद्यालय शिक्षक कर्मचारी परिषद्ले आज नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएका छन् ।
नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बसेको आकस्मिक बैठकले आजै साँझ ७ बजे आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो । सरकारसँग भएको सहमतिबारे जानकारी गराउन आयोजित कार्यक्रममा विद्यालय शिक्षक कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले जनाएको छ ।
हामी आजै साँझ ७ बजे आन्दोलनका थप कार्यक्रम घोषणा गर्छौ । महासंघले हामीसँग भएको सहमति विपरित सरकारसँग सम्झौता ग¥यो । यसमा हाम्रो विमत्ति छ । सरकारसँगको सहमतिमा असन्तुष्टि राख्दै विद्यालय कर्मचारीले विरोध जनाएका थियो ।
उक्त विरोधपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी प्रहरीसँगको समन्वयमा रत्नराज्यबाट बाहिरिएका थिए । लगत्तै बसेको परिषद्को बैठकले पुनः आन्दोलनमा जाने चेतावनी दिएको छ ।














