KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ऊर्जा क्षेत्रमा ठेक्का अनियमितताको आरोप, प्रधानमन्त्री कार्यालय र अख्तियारमा उजुरी

ऊर्जा क्षेत्रमा ठेक्का अनियमितताको आरोप, प्रधानमन्त्री कार्यालय र अख्तियारमा उजुरी

काठमाडौं, २४ असोज । नेपाल विद्युत् प्राधिकरण, विद्युत् उत्पादन कम्पनीलगायत सरकारी स्वामित्वका निकायले सार्वजनिक खरिद ऐनविपरीत प्रति स्पर्धाविना अर्बौँ रुपैयाँका परामर्श तथा सुपरिवेक्षण ठेक्का दिएको आरोप लगाउँदै छानबिनको माग गरिएको छ।

‘कन्स्ट्रक्सन कन्सल्टिङ इन्जिनियर्स नेपाल’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिँदै ऊर्जा तथा पूर्वाधार क्षेत्रमा देखिएको भनिएको अनियमितता, स्वार्थको द्वन्द्व र राज्यकोषको सम्भावित दुरुपयोगबारे अनुसन्धान गर्न माग गरेको हो।

उजुरीमा सरकारी निकायले आफ्नै स्वामित्व वा सम्बन्ध भएका कम्पनीलाई ‘सरकार–सरकारबीचको खरिद’ (जी–टु–जी) को नाममा प्रति स्पर्धाविना काम दिने गरेको दाबी गरिएको छ। यसरी ठेक्का दिँदा सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्थाको गलत व्याख्या भएको उजुरीकर्ताको भनाइ छ। नेपाल विद्युत् प्राधिकरणको बहुमत सेयर रहेको एनईए इन्जिनियरिङ कम्पनी र चिलिमे जलविद्युत् कम्पनीको

पूर्ण स्वामित्वमा रहेको चेस्को कम्पनीलाई प्रतिस्पर्धा विना काम दिइएको विषय पनि उजुरीमा उठाइएको छ। विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण लाइनको डिजाइन र सुपरिवेक्षणको जिम्मेवारी यसरी दिइएको आरोप छ।

त्यस्तै, आयोजना डिजाइन गर्ने, लागत अनुमान तयार पार्ने र स्वीकृत गराउनेदेखि सुपरिवेक्षण तथा भुक्तानी सिफारिससम्म एउटै समूह संलग्न हुँदा लागत कृत्रिम रूपमा बढ्न सक्ने भन्दै उजुरीकर्ताले चिन्ता व्यक्त गरेको छ। बजार मूल्यभन्दा बढी लागत देखाएर बैंकबाट कर्जा लिने र सर्वसाधारणलाई सेयर निष्कासन गरी रकम उठाउने गरिएको आरोपसमेत लगाइएको छ।

उजुरीमा विश्वविद्यालयका परामर्श केन्द्र तथा सरकारी विभागमार्फत प्रतिस्पर्धा विना ठेक्का दिइएका विषय पनि समेटिएका छन्। लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण सुपरिवेक्षण र भेरी बबई डाइभर्सन आयोजनाको सुपरिवेक्षण सम्बन्धी सम्झौतामाथि समेत प्रश्न उठाइएको छ।

कन्स्ट्रक्सन कन्सल्टिङ इन्जिनियर्स नेपालले विगत पाँच वर्षमा प्रतिस्पर्धा विना गरिएका ठेक्काको विवरण र कागजात १५ दिनभित्र झिकाएर छानबिन गर्न माग गरेको छ। त्यस्ता सम्झौता तथा भुक्तानी रोक्न, संलग्न पदाधिकारीमाथि अनुसन्धान गर्न र दोषी ठहरिएकालाई कानुनअनुसार कारबाही गर्न पनि आग्रह गरिएको छ।

उजुरीमा लगाइएका आरोपबारे सम्बन्धित निकायको आधिकारिक प्रतिक्रिया तथा छानबिनको निष्कर्ष सार्वजनिक भएको विवरण प्राप्त छैन।

Facebook Comment

Related Posts

कांग्रेस सबै कार्यकर्ताको साझा पार्टी हो : सभापति थापा

कांग्रेस सबै कार्यकर्ताको साझा पार्टी हो : सभापति थापा

बिटौरी जग्गाधनीलाई लालपुर्जा दिन प्रक्रिया अघि बढाउन मन्त्री यादवको आग्रह

बिटौरी जग्गाधनीलाई लालपुर्जा दिन प्रक्रिया अघि बढाउन मन्त्री यादवको आग्रह

दलित विकास समितिका नवनियुक्त सदस्यहरूको शपथ ग्रहण सम्पन्न

दलित विकास समितिका नवनियुक्त सदस्यहरूको शपथ ग्रहण सम्पन्न

एमालेका १३ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ

एमालेका १३ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar