काठमाडौं, १४ असोज । भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये मंगलबारसम्म १ हजार ४५४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासीमा ती शव फेला परेका हुन्। पहिचानका लागि डीएनए नमुना संकलनसहित आवश्यक प्रक्रिया पूरा गरी १ हजार ३३४ शव व्यवस्थापन गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहतका लागि ७ हजार ९७५ प्रहरी परिचालन गरिएको छ। अझै ४ हजार ७१८ जना बेपत्ता रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।














