बागलुङ, ११ असोज। निसीखोला गाउँपालिका–३ मा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विक रहेका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलबाट चारै जनाको शव निकालिएको छ।














