काठमाडौं, ९ असोज। सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएको छ।
ब्यारेजमा अहिले २ लाख ४० हजार क्युसेक पानीको बहाव मापन भएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए।
ब्यारेज ‘रेड अलर्ट’मा रहे पनि कोशी पुलबाट सवारी आवागमन भने जारी छ। बहाव थप बढे आवश्यक निर्णय लिइने प्रशासनले जनाएको छ।
मौसम विज्ञान विभागले सप्तकोशीमा बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा पर्सिसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।














