चितवन, २६ भदौँ । भरतपुर महानगरपालिका–९ बसन्तचोक नजिकै शुक्रबार बिहान गुडिरहेको कारमा अचानक आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागीपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगो निभाएपछि कारभित्र एक व्यक्ति जलेको अवस्थामा मृत फेला परेका थिए ।
मृतकको पहिचान भने खुल्न सकेको छैन । आगलागीका कारण कार पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । कारमा आगो लाग्नुको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।














