काठमाडौँ, ८ असार । राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा सुन धितो राखेर कर्जा लिएका सेवाग्राहीहरूले आफ्नो सुन फिर्ता गर्न माग गर्दै सोमबार सिंहदरबारस्थित बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका छन् ।
२०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उक्त शाखाबाट १८ केजी सुन चोरी भएको थियो । त्यस घटनापछि पीडितहरूले आफूले धितो राखेको सुन नै फिर्ता पाउनुपर्ने माग राख्दै आएका छन् ।
प्रदर्शनकारीहरूको आरोप अनुसार बैंकले सेवा शुल्क कटाएर सीमित रकम मात्र फिर्ता लिन प्रस्ताव गरेको छ, जुन उनीहरूलाई स्वीकार्य छैन । हाल १५ जनाभन्दा बढी पीडित बैंकको केन्द्रीय कार्यालय अगाडि धर्ना तथा प्रदर्शनमा सहभागी रहेको जानकारी प्रहरीले बताए ।














