काठमाडौं, ८ असार । जीविकोपार्जनको वैकल्पिक व्यवस्था गर्न माग गर्दै दृष्टिविहीनहरूले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
सडकपेटी केन्द्रित स्वरोजगारमा आश्रित दृष्टिविहीनहरूले नगर प्रहरीले जबर्जस्ती हटाउने, धरपक्कड गर्ने तथा होल्डिङ सेन्टरमा राख्ने गरेको आरोप लगाउँदै आन्दोलन थालेका हुन् ।
संयोजक सुदीप ओलीले सरकारले रोजगारी वा वैकल्पिक व्यवस्था नगरी आफूहरूको जीविकोपार्जनको माध्यम बन्द गरेको गुनासो गरेको छ ।
उनले राज्यले रोजगारी उपलब्ध गराउन वा मासिक २० हजार रुपैयाँ बेरोजगार भत्ताको व्यवस्था गर्नुपर्ने माग राखेकोे हो । माग सम्बोधन नभएसम्म दैनिक बिहान ९ बजेदेखि १२ बजेसम्म प्रदर्शन जारी राख्ने उनीहरूले बताए ।














