KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

हरवा–चरवाले सप्तरीको १८ वटै पालिकामा प्रदर्शन 

हरवा–चरवाले सप्तरीको १८ वटै पालिकामा प्रदर्शन 

सप्तरी, असार, १ असार। मुक्त हरवाचरवा श्रमिकहरूको श्रम अधिकार सुनिश्चित गर्न, मर्यादित रोजगारीको प्रवर्द्धन गर्न तथा समान कामका लागि समान ज्यालाको सुनिश्चितताका लागि सप्तरी जिल्लाका १८ वटै पालिकामा एकैसाथ स्थानीयस्तरीय जनप्रदर्शन तथा आमसभा आयोजना गरिने भएको छ ।

यस अभियानले मुक्त हरवाचरवा समुदायको पुनर्स्थापना, सामाजिक न्याय र श्रम सम्बन्ध सुधारका सवाललाई स्थानीय सरकारको प्राथमिकतामा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

यस सम्बन्धी निर्णय राष्ट्रिय दलित नेटवर्क, नेपालद्वारा आज राजविराजमा आयोजित जनवकालत योजना निर्माण कार्यशालाबाट गरिएको हो । कार्यशालामा मुक्त हरवाचरवा अधिकार मञ्च, द फ्रिडम फण्ड तथा साझेदार संस्थाहरू श्रीपुराज सामुदायिक विकास केन्द्र, जनचेतना दलित संगम, सामुदायिक सुधार केन्द्र र दलित जनकल्याण युवा क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

मुक्त हरवाचरवा अधिकार मञ्चका महासचिव लागिन्द्र सदाले आगामी असार ४ गते “हरवा–चरवा प्रथाको अन्त्य गरौं, न्यायपूर्ण श्रम सम्बन्ध स्थापना गरौं” भन्ने मूल नारासहित सप्तरीका १८ वटै पालिकामा एकै समयमा आमसभा, र्‍याली तथा कोणसभा कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो । उहाँका अनुसार करिब १० हजार मुक्त हरवाचरवा श्रमिक तथा समुदायका सदस्यहरूको सहभागितामा हुने उक्त कार्यक्रममार्फत स्थानीय सरकारहरूलाई ध्यानाकर्षण पत्र समेत बुझाइनेछ ।

अभियानको प्रमुख उद्देश्य मुक्त हरवा–चरवा समुदायका नागरिकलाई श्रम अधिकार, सम्मानजनक रोजगार, सामाजिक सुरक्षा तथा आर्थिक पुनर्स्थापनाका विषयमा सचेत बनाउनुका साथै स्थानीय तहलाई जिम्मेवार र उत्तरदायी बनाउन सहयोग पुर्‍याउनु रहेको छ ।

कार्यक्रममार्फत “श्रमको सम्मान र अधिकारको सुनिश्चितता” भन्ने मूल सन्देशलाई समुदायस्तरसम्म पुर्‍याइनेछ । अभियानका क्रममा प्रचार–प्रसार गरिने वकालत पोस्टरमा समेटिएका चार प्रमुख सन्देशहरू विशेष रूपमा उठाइनेछन् । तीमध्ये आफ्नै रोजाइको काम र रोजगारदाता छनोट गर्ने स्वतन्त्रता, समान कामका लागि समान ज्याला सुनिश्चित गर्ने व्यवस्था, न्यायपूर्ण श्रम सम्बन्ध स्थापना तथा दण्डहीनताको अन्त्य, र बिनाज्याला श्रम तथा सबै प्रकारका श्रम शोषणको पूर्ण उन्मूलन प्रमुख रहेका छन् । यी विषयहरूलाई स्थानीय परिवेशसँग जोडेर आमसभाहरूमा छलफल गरिने जनाइएको छ ।

द फ्रिडम फण्डका जनवकालत सल्लाहकार बालाराम भट्टराईले अभियानले मुक्त हरवाचरवा समुदायका श्रम अधिकार, समान ज्याला, श्रम शोषणबाट संरक्षण तथा बिनाज्याला श्रम अन्त्यको आवश्यकताबारे व्यापक जनचेतना फैलाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस अभियानले समुदायस्तरमा स्वामित्व, सहभागिता र उत्तरदायित्वको भावना विकास गर्दै स्थानीय सरकारलाई आवश्यक नीतिगत तथा कार्यक्रमगत हस्तक्षेप गर्न प्रेरित गर्ने बताउनुभयो ।

त्यसैगरी द फ्रिडम फण्डका कार्यक्रम सल्लाहकार ब्रहमदेव रामले स्थानीय सरकारको आगामी नीति, कार्यक्रम तथा बजेटमा मर्यादित श्रम, समान कामको समान ज्याला र मुक्त हरवाचरवाको पुनर्स्थापनाका लागि आवश्यक बजेट विनियोजन गराउन अभियान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मुक्त हरवाचरवा समुदायको दिगो सशक्तीकरणका लागि नीति निर्माणदेखि कार्यान्वयनसम्म समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा श्रीपुराज सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक बिनोदानन्द चौधरी, जनचेतना दलित संगमका कार्यकारी निर्देशक इन्द्र राम तथा विभिन्न पालिकाका हरवा–चरवा अधिकार मञ्चका अध्यक्ष एवं अगुवाहरूले अभियानको महत्वबारे धारणा व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण राष्ट्रिय दलित नेटवर्क, नेपालका कार्यकारी निर्देशक हुकुम सार्कीले गर्नुभएको थियो । सामाजिक न्याय, श्रम सम्मान र आर्थिक पुनर्स्थापनालाई केन्द्रमा राखेर सञ्चालन हुन लागेको यो अभियानले मुक्त हरवाचरवा समुदायको आवाजलाई अझ सशक्त बनाउने तथा न्यायपूर्ण समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Facebook Comment

Related Posts

कोसी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

कोसी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

नेतृत्व परिवर्तनको बहसबिच एमाले केन्द्रीय कमिटी बैठक

नेतृत्व परिवर्तनको बहसबिच एमाले केन्द्रीय कमिटी बैठक

महेन्द्रनगरको गोदाममा छापा, चार ट्रक अवैध सामग्री बरामद

महेन्द्रनगरको गोदाममा छापा, चार ट्रक अवैध सामग्री बरामद

रास्वपाको निर्देशन : महासभामा भोटेकोसी विपद्को मुद्दा उठाउनू

रास्वपाको निर्देशन : महासभामा भोटेकोसी विपद्को मुद्दा उठाउनू

बेपत्ताको खोजी र पुनर्स्थापनामा कमजोरी नगर्न सरकारलाई रास्वपाको निर्देशन

बेपत्ताको खोजी र पुनर्स्थापनामा कमजोरी नगर्न सरकारलाई रास्वपाको निर्देशन

मधेशी दलितका सवाल संसद्मा उठाउन सांसद सिंहलाई आग्रह

मधेशी दलितका सवाल संसद्मा उठाउन सांसद सिंहलाई आग्रह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar