काठमाडौं, २७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयन प्रक्रिया समयमै अघि बढ्न नसक्दा प्रतिनिधिहरू फर्किन थालेका छन् ।
मंगलबार सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको अधिवेशनमा बुधबार बिहानसम्म पनि मतदान प्रक्रिया सुरु हुन नसकेपछि सहभागीहरू असन्तुष्ट बनेको हो । अधिवेशनस्थलमा रहेका प्रतिनिधिहरूका अनुसार मतदानमा भएको ढिलाइका कारण अधिकांश प्रतिनिधि घर फर्किसकेका छन् ।
प्रदेश सभापति पदका लागि अच्युत्तम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर क्षेत्री प्रतिस्पर्धामा छन् । तर निर्वाचन समितिले मतदानको तयारी समयमै पूरा गर्न नसक्दा नेतृत्व चयन प्रक्रिया लम्बिएको बताइएका छन् ।
केही प्रतिनिधिहरूले निर्वाचन व्यवस्थापनमा कमजोरी देखिएको आरोप लगाएका छन् । उनीहरूका अनुसार मतदान निर्धारित समयमा हुन नसक्दा अधिवेशनको कार्यतालिका प्रभावित भएको हो । यता, संगठन विभागका सचिव शंकर श्रेष्ठले भने मतपत्र छपाइ तथा प्राविधिक तयारीका कारण मतदान ढिला भएको बताएको छ ।
उनका अनुसार नयाँ नेतृत्व निर्वाचन प्रक्रियामार्फत नै चयन गरिनेछ र मतदानको समयबारे छलफल भइरहेको छ । करिब १,३०० प्रतिनिधि सहभागी रहेको बागमती अधिवेशन रास्वपाको प्रदेशस्तरीय पहिलो अधिवेशन हो ।






![जनकपुरमा गृहमन्त्रीको धार्मिक भ्रमण, वार्ताको नतिजाबारे बोलेनन [भिडियो]](https://kpkhabar.com/wp-content/uploads/2026/08/grih-mantri-janakimandir-350x250.jpeg)





![जनकपुरमा गृहमन्त्रीको धार्मिक भ्रमण, वार्ताको नतिजाबारे बोलेनन [भिडियो]](https://kpkhabar.com/wp-content/uploads/2026/08/grih-mantri-janakimandir-120x86.jpeg)

