काठमाडौं, २६ जेष्ठ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) ले आजदेखि प्रदेश अधिवेशन सुरु गरेको छ ।
वडा, पालिका र जिल्ला अधिवेशनपछि प्रदेश अधिवेशन आयोजना गरिएको हो । केही जिल्लामा विवादका कारण जिल्ला अधिवेशन सम्पन्न हुन नसके पनि जेठ २६ गतेदेखि असार १ गतेसम्म सबै प्रदेशको अधिवेशन सक्ने कार्यतालिका बनाइएको छ ।
बागमती प्रदेश अधिवेशनको उद्घाटन हेटौँडामा पार्टी सभापति रवि लामिछाने ले गर्ने कार्यक्रम छ । प्रदेश अधिवेशनपछि रास्वपाले असारमा चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तयारी गरेको जनाएको छ ।














