काठमाडौँ, २५ जेष्ठ । काठमाडौँमा जनमत पार्टीले आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै सीके राउतले मधेसकै मत र समर्थनबाट सरकार बन्ने तर मधेसका अधिकारका सवालमा निरन्तर बेवास्ता हुने गरेको आरोप लगाएका छन् ।
उनले राणा शासनदेखि कांग्रेस, कम्युनिस्ट तथा माओवादी नेतृत्वसम्मले मधेसलाई विभिन्न रूपमा ठगेको दाबी गर्दै नागरिकता, सुकुम्बासी व्यवस्थापन र स्वायत्तता लगायतका माग अझै सम्बोधन नभएको बताए ।
राउतले मधेसको राजनीतिक, सामाजिक र संवैधानिक अधिकार सुनिश्चित नभएसम्म विभेद अन्त्य नहुने उल्लेख गर्दै वर्तमान सरकारलाई मधेसका माग तत्काल सम्बोधन गर्न आग्रह गरे।
साथै, मागहरूको सम्बोधनका लागि दबाब दिन जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने जानकारी पनि दिए ।














