काठमाडौं, २५ जेठ । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले सरकारले नेपाली सेनालाई सीमा सुरक्षामा तैनाथ गर्नुपर्ने बताएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सेनाको मुख्य जिम्मेवारी सीमाको सुरक्षा भएको उल्लेख गरेकोे छ । देशको अस्तित्वका लागि भूगोल आवश्यक हुने भन्दै उनले सीमा सुरक्षालाई प्राथमिकता दिन सरकारसँग आग्रह गरे ।
साम्पाङले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै त्यसलाई सच्याउन पनि माग गरेका छन् । उनका अनुसार देशको सार्वभौमिकता र भूगोलको महत्वबारे स्पष्ट धारणा आवश्यक छ ।














