काठमाडौं, २५ जेठ । चिनियाँ राष्ट्रपति Xi Jinping राजकीय भ्रमणका क्रममा North Korea पुगेका छन्।
उनलाई उत्तर कोरियाली नेता Kim Jong Un र उनकी पत्नी री सोल जुले भव्य स्वागत गरेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले सार्वजनिक गरेको भिडियोमा विमानस्थलमा रातो गलैँचा बिछ्याइएको तथा उत्तर कोरियाली सेनाले सम्मान प्रदर्शन गरेको देखिएको छ।
साथै, चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार किम र सीबीच भेटवार्ता भएको तथा उत्तर कोरियाली बालबालिकाले राष्ट्रपति सी र उनकी पत्नी पेङ लियुआनलाई पुष्पगुच्छा प्रदान गरेका छन्।
यद्यपि, दुई देशका शीर्ष नेताबीच के विषयमा छलफल भइरहेको छ भन्नेबारे हालसम्म विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।














