काठमान्डौ, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी ले आज देशका २८ जिल्लामा पहिलो जिल्ला अधिवेशन आयोजना गर्दैछ ।
अधिवेशन कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा हुने भएको छ । पार्टीका केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसी का अनुसार अधिवेशन निष्पक्ष र व्यवस्थित बनाउन प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरिएको छ ।
रास्वपाले यसअघि ३८ जिल्लामा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ ।
पार्टीले जिल्ला अधिवेशनलाई तदर्थ संरचनाबाट वैधानिक र जनअनुमोदित संगठन निर्माण गर्ने महत्वपूर्ण चरणका रूपमा लिएको जनाएको छ ।














