एजेन्शी, भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज ऊर्जा, व्यापार र लगानीलगायत विषयमा सहकार्य विस्तार गर्ने उद्देश्यले भारत भ्रमणमा रहेकी छन् ।
भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भारतले हाल भेनेजुएलाबाट कच्चा तेल आयात बढाइरहेका बेला यो भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको छ ।
दुवै देशबीच ऊर्जा, व्यापार, स्वास्थ्य, औषधि, यातायात तथा नवीकरणीय ऊर्जाका क्षेत्रमा सहकार्य विस्तारबारे छलफल हुने बताइएको छ । मे महिनामा भारत भेनेजुएली तेल खरिद गर्ने दोस्रो ठूलो मुलुक बनेको थियो ।
ऊर्जा आपूर्तिको वैकल्पिक स्रोत खोजिरहेका भारतले भेनेजुएलासँगको सम्बन्धलाई थप प्राथमिकता दिएको देखिएको छ ।














