दुबई । दुबईस्थित सडक तथा पुल निर्माण परियोजनामा कार्यरत जनकपुरका नेपाली श्रमिक हृदयकान्त झाले “मन्थली सेफ्टी अवार्ड” प्राप्त गरेका छन् ।
गुनाल प्रोजेक्ट म्यानेजमेन्टद्वारा प्रदान गरिएको उक्त सम्मान उनलाई कार्यस्थलमा सुरक्षा मापदण्ड पालना तथा उत्कृष्ट योगदान पु¥याएको भन्दै प्रदान गरिएको हो ।
उक्त “मन्थली सेफ्टी अवार्ड” कन्स्ट्रक्सन मेनेजर अलि सेर्लीले प्रदान गरेको छ । आरटीए, पार्सन्स तथा गुनाल कन्स्ट्रक्सन दुबईसँग सम्बन्धित परियोजनाअन्तर्गत अल ताइ रोड -फेज–१ मा सडक तथा पुल निर्माण कार्यमा संलग्न झाले अप्रिल २०२६ महिनाको उत्कृष्ट सुरक्षा प्रदर्शनका आधारमा सम्मान प्राप्त गरेका हुन् ।
उक्त प्रमाणपत्रमा उनले क्लिनर पदमा रही एचएसई -हेल्थ, सेफ्टी एन्ड इन्भाइरोन्मेन्ट- सम्बन्धी नियमहरूको पालना गर्दै उल्लेखनीय भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ ।
Dubai-Based Nepali Worker Hridaya Kant Jha Receives “Monthly Safety Award”
Dubai – Nepali worker Hridaya Kant Jha from Janakpur, who is employed in a road and bridge construction project in Dubai, has received the “Monthly Safety Award.”
The award was presented by Gunal Project Management in recognition of his outstanding contribution and commitment to workplace safety standards. The “Monthly Safety Award” was handed over by Construction Manager Ali Serli.
Jha, who has been working on the Al Tai Road (Phase-1) road and bridge construction project under RTA, Parsons, and Gunal Construction Dubai, earned the recognition for his excellent safety performance during April 2026.
According to the certificate, he has played a remarkable role while serving as a “Cleaner,” strictly following HSE (Health, Safety, and Environment) regulations at the workplace.














