काठमाडौं, ५ वैशाख । दार्चुलामा प्रधानाध्यापक बलदेवसिंह धामीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेका छन् ।
दार्चुलाको व्यास गाउँपालिका–४ स्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक धामीले विद्यालयमै आत्महत्या गरेका थिए ।
घटनापछि प्रहरीले शिक्षक, स्थानीय नेता तथा निर्माण व्यवसायीसहित आठ जनालाई अनुसन्धानका लागि पक्राउ गरेको जनाए ।
धामीले आत्महत्याअघि सामाजिक सञ्जालमा लेखेको सुसाइड नोटमा उल्लेख भएका व्यक्तिहरूमाथि नै अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।














