काठमाडौं, ३१ वैशाख । नेपाली प्रहरीको केनद्रीय अनुसन्धान ब्युरो -सीआईबी) को टोली स्मार्ट टेलिकमको उपकरण खरिद प्रकरणमा अनुसन्धान गर्न एनसेलको ललितपुरस्थित नक्खु कार्यालय पुगेको छ ।
सीआईबीले छापा मारेर केही कागजात नियन्त्रणमा लिएको तथा सचिनलाल श्रेष्ठ र भावना श्रेष्ठबारे सोधपुछ गरेको जनाएको छ । यसअघि यही प्रकरणमा सीआईबीले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेसहित केही व्यक्तिलाई पक्राउ गरिसकेको छ ।
अनुसन्धान स्मार्ट टेलिकमको उपकरण बिक्री प्रक्रियासँग सम्बन्धित छ, जहाँ एनसेलले ४ अर्ब ६० करोड रुपैयाँको उच्च बोलपत्र पेश गरेर उपकरण खरिद गरेको थियो ।
सीआईबीले सरकारको मातहतमा आएको सम्पत्ति बिक्री गरिएको विषयलाई लिएर खरिदकर्ता र बिक्रीकर्तामाथि अनुसन्धान तीव्र बनाएको छ ।














