काठमाडौं, ३१ वैशाख । सभामुख डिपि आर्यालले सांसद गणेश पराजुलीका दुई अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा पराजुलीले प्रयोग गरेका भरौटेहरू र यहाँ लुगा लगाएर पनि नांगै हिँडेजस्तो गरी भन्ने शब्द संसदीय मर्यादाविपरीत भएको भन्दै सभामुखले रेकर्डबाट हटाउन आदेश दिएका हुन् ।
साथै उनले सबै सांसदलाई संसदीय मर्यादा कायम राख्न आग्रह गरेका छन् ।














