सप्तरी, ३० वैशाख । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ वनरझुलाकी अनितादेवी राय शंकास्पद अवस्थामा मृत फेला परेकी छन् ।
केही दिनदेखि बेपत्ता रहेकी उनको शव कोशी नदी नजिक सडेगलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शवको हातखुट्टा बाँधिएको थियो भने ढुंगा प्रहार गरी हत्या गरिएको आशंका गरिएको छ ।
घटनापछि घरको आँगनमा रगतसमेत भेटिएको थियो । वैदेशिक रोजगारीमा रहेका वीरेन्द्र रायकी पत्नी अनिताको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














