काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री बालेन शाह स्वयं उपस्थित भएर सम्बोधन नगरेको भन्दै विपक्षी दलहरूले बुधबारको प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफल अघि बढाउन प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्ताव प्रस्तुत गर्ने अनुमति दिएपछि विपक्षी सांसदहरूले विरोध जनाएका हुन् ।
सभामुख डोलप्रसाद अर्यालले पटक–पटक सांसदहरूलाई बस्न आग्रह गरे पनि विरोध जारी रह्यो। यसैबीच श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री उपस्थित नभएसम्म छलफल हुन नसक्ने भन्दै प्रतिनिधि सभा बैठक छोडेर बाहिरिएका छन् ।














