काठमाडौं, ३० वैशाख । काठमाडौंमा बुधबार बसेको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको भए पनि एक घण्टासम्म पुनः सञ्चालन हुन सकेन ।
नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको हो ।
प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले जवाफ दिने तयारी गरेपछि विपक्षी सांसदहरूले विरोध जनाएका थिए । सत्तापक्षले नियमावलीको दफा ३८ अनुसार प्रधानमन्त्री अनुपस्थित हुँदा तोकिएको मन्त्रीले जवाफ दिन सक्ने व्यवस्था रहेको तर्क गरेको थियो ।
विवाद चर्किएपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गरेका हुन्। हाल सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।














