काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री वालेन शाहले आज सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् ।
जवाफपछि आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आजै पारित गर्ने तयारी गरिएको छ । राष्ट्रपति राम चन्द्र पौडेलले वैशाख २८ गते संघीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
संघीय संसद सचिवालयका अनुसार आज छलफल, संशोधनमाथि निर्णय तथा नीति कार्यक्रम अनुमोदनको कार्यसूची रहेको छ ।














