काठमाडौँ, २९ वैशाख । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले संसद्लाई सम्बोधन नगरेको भन्दै सरकारको आलोचना गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा उनले सरकारमा प्रधानमन्त्री छ कि छैन ? भन्दै सांसदका प्रश्नको उत्तर दिन प्रधानमन्त्री तयार हुनुपर्ने बताए ।
उनले जनताका सवालको जवाफ नदिनु असक्षमता भएको टिप्पणी गर्दै सरकार जनताको सुरक्षा र सीमा संरक्षणमा कमजोर भएको आरोप लगाए ।
साथै भारतले सीमावर्ती क्षेत्रमा गरिरहेको निर्माणबारे पनि सरकारसँग स्पष्ट जवाफ माग गरे ।














