काठमाडौँ, २९ वैशाख । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ । दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले आफ्नो धारणा राख्नेछन् ।
राष्ट्रपति राम चन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यही अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को बजेट पनि प्रस्तुत गरिनेछ ।














