काठमाडौं, २८ वैशाख । डिपि आर्यालले सभामुख र उपसभामुख अनुपस्थित हुँदा प्रतिनिधि सभा बैठक सञ्चालन गर्न ७ जना सांसद मनोनीत गरेका छन् ।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा सभामुख अर्यालले कामिनी कुमारी, गंगालक्ष्मी अवाल, ताहिर अली भाट, पूर्णप्रसाद लिम्बु, बलावती शर्मा, मिङमा ग्याबु शेर्पा र यज्ञबहादुर बोगटीलाई सभा सञ्चालनका लागि मनोनीत गरिएको जानकारी गराएका हुन् ।














