काठमाडौं, २८ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा -एसईई) को नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ ।
नतिजा प्रकाशनका लागि साँझ ५ बजेपछि बोर्ड बैठक बोलाइएको छ । परीक्षा बोर्डका अनुसार हाल प्राविधिक काम अन्तिम चरणमा पुगेको छ ।
यस वर्ष उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएकाले नतिजा छिटो सार्वजनिक गर्न लागिएको हो । गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।














