सर्लाही, २८ बैशाख । सर्लाहीको गोडैता नगरपालिका–६ बग्दहमा सडेको अवस्थामा एक पुरुषको शव फेला परेका छन् ।
चिनी मिल नजिक हुलाकी सडक छेउबाट दुर्गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार करिब ४०–४५ वर्ष उमेरका पुरुषको शव आइतबार साँझ भेटिएको हो ।
शव अत्यधिक सडेका कारण मृतकको पहिचान खुल्न बाकी रहेको छ । प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखेको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














