दार्चुला, २७ बैशाख । सुदूरपश्चिमको दार्चुला जिल्लालाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ११ ः ५५ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार तपोवन आसपास केन्द्रबिन्दु रहेको भूकम्पको धक्का दार्चुलासहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।
हालसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन ।














