काठमान्डौँ, २७ बैशाख । सगरमाथा आरोहणका क्रममा सोलुदुधकुण्ड नगरपालिका ७ का विजय घिमिरे विश्वकर्माको लेक लागेर निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार क्याम्प १ क्षेत्रमा पुगेका घिमिरे आज बिहान अचानक बिरामी परेका थिए । उनलाई बेस क्याम्पतर्फ फर्काउने क्रममा बाटोमै मृत्यु भएको हो ।
ट्रेक नेपाल कम्पनीमार्फत आरोहणमा सहभागी घिमिरेको शव हेलिकोप्टरबाट लुक्ला ल्याइएको छ भने परीक्षणका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाउने तयारी भइरहेको छ ।
घिमिरे यसअघि पनि सगरमाथा आरोहण गरिसकेका अनुभवी गाइड थिए ।














