काठमाडौं, २७ वैशाख । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भूभाग नजिकको न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
कोसी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । आज राति पनि कोसी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
काठमाडौं उपत्यकामा समेत हल्का वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन् ।














