काठमाडौं, २७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) को सचिवालय बैठक आज साँझ ६ बजे काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।
पार्टी सभापति रवि लामिछाने ले बैठक बोलाएका हुन् । बैठकमा पार्टी भेला, अधिवेशनको विशेष तालिका, आयोग तथा विभागका पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही र केन्द्रीय समिति बैठकलगायत विषयमा छलफल हुने जनाइएको छ ।














