KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

लागूपदार्थ सेवनले अपराध बढाउँछ : बिओपि धनौजिका प्रमुख कठायत

लागूपदार्थ सेवनले अपराध बढाउँछ : बिओपि धनौजिका प्रमुख कठायत

जय कुँवर
जनकपुर, २६ वैशाख । लागूऔषध दुव्र्यसन न्यूनीकरण तथा युवा पुस्तालाई कुलतबाट जोगाउने उद्देश्यले धनुषामको धनौजीमा विद्यार्थी लक्षित सचेतनामूलक कक्षा सञ्चालन गरिएको छ ।

कार्यक्रममा लागूऔषध दुव्र्यसन न्यूनीकरणमा विद्यार्थीको भूमिका, लागूऔषधबाट बच्ने उपाय तथा सम्बन्धित कानुनी व्यवस्था विषयमा जानकारी गराइएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल बिओपि धनौजिका बिओपि प्रमुख सशस्त्र प्रहरी निरीक्षक अमृत बहादुर कठायतले पछिल्लो समय लागूऔषधको प्रयोग बढ्दै जाँदा समाजमा विभिन्न प्रकारका अपराधसमेत बढिरहेको बताएका छन् ।

उनले लागूऔषध दुव्र्यसनले व्यक्ति, परिवार र समाजलाई नै नकारात्मक असर पार्ने भएकाले यसको नियन्त्रणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए ।

निरीक्षक कठायतले विशेषगरी विद्यार्थी तथा युवावर्ग लागूऔषध प्रयोगको उच्च जोखिममा रहने भएकाले समयमै सचेतना आवश्यक रहेको उल्लेख गरे ।

उनले साथीको दबाब, गलत संगत, सामाजिक सञ्जालको प्रभाव तथा जिज्ञासाका कारण धेरै युवाहरू कुलतमा फस्ने गरेको भन्दै सचेत रहन आग्रह गरे ।

उनले लागूऔषध सेवन, ओसारपसार तथा कारोबार सम्बन्धी कानुनी व्यवस्थाबारे पनि जानकारी गराउँदै नेपालमा लागूऔषध सम्बन्धी अपराधमा कडा कानुनी सजायको व्यवस्था रहेको बताए ।

लागूपदार्थ सेवनले अपराध बढेको छ, यसलाई नियन्त्रण गर्न सम्पूर्ण समाज सजग हुनुपर्छ, उनले भने । कार्यक्रममा विद्यार्थीहरूलाई लागूऔषधबाट बच्ने उपाय, आत्मविश्वास वृद्धि, सकारात्मक संगतको महत्व तथा परिवार र विद्यालयको भूमिकाबारे समेत जानकारी दिइएको थियो ।

सहभागी विद्यार्थीहरूले यस्ता कार्यक्रमले आफूहरूलाई सचेत बन्न मद्दत पुगेको बताएका थिए । स्थानीय स्तरमा लागूऔषधविरुद्ध निरन्तर सचेतनामूलक अभियान सञ्चालन गरिने आयोजक पक्षले जनाएको छ ।

Facebook Comment

Related Posts

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

तत्मा समुदायको एकताका लागि ऐतिहासिक भेला, सबै तयारी सकियो

तत्मा समुदायको एकताका लागि ऐतिहासिक भेला, सबै तयारी सकियो

भेप–सुन तस्करी प्रकरणमा नासु रेवन्त खड्का पुर्पक्षका लागि थुनामा

भेप–सुन तस्करी प्रकरणमा नासु रेवन्त खड्का पुर्पक्षका लागि थुनामा

मधेश सरकारका आगामी कार्यक्रम सफल बनाउन मुक्त हरवाचरवा अधिकार मञ्चको चासो

मधेश सरकारका आगामी कार्यक्रम सफल बनाउन मुक्त हरवाचरवा अधिकार मञ्चको चासो

सुकुमवासी बस्ती हटाउने कार्यप्रति कुलमान घिसिङको असन्तुष्टि

सुकुमवासी बस्ती हटाउने कार्यप्रति कुलमान घिसिङको असन्तुष्टि

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar