काठमाडौं, २६ वैशाख । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले आफू प्रयोग गर्दै आएको सरकारी गाडी शुक्रबार फिर्ता गरेकी छन् ।
बालेन शाह नेतृत्वको नयाँ सरकार गठनपछि उनले खर्चिलो र बढी इन्धन खपत हुने गाडी सरकारलाई नै फिर्ता पठाउन सचिवालयलाई निर्देशन दिएको उनका पूर्व प्रेस सल्लाहकार राम रावल ले जानकारी दिए ।
कार्कीले पूर्व प्रधान न्यायाधीश हुँदा सर्वोच्च अदालतबाट प्राप्त सरकारी गाडी उपलब्ध गराउन आग्रह गर्दै हाल प्रयोग गरिरहेको गाडी फिर्ता गरेको बताइएको छ । रावलका अनुसार उनले दोहोरो सवारी सुविधा भने नलिएको स्पष्ट पारेका छन् ।














