काठमाडौं, २५ वैशाख । काठमाडौंका विभिन्न क्षेत्रमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउन सरकारले डोजर चलाएपछि प्रभावित नागरिकहरूले माइतीघर मण्डलमा सरकारविरुद्ध प्रदर्शन गरेका छन्।
भूमिहीन तथा बसोवासीहरूले विस्थापन होइन व्यवस्थापन गर,मानव अधिकार देऊ, लगायतका नारा लेखिएका प्लेकार्डसहित विरोध जनाएका हुन् ।
प्रदर्शनकारीका अनुसार काठमाडौंका १६ बस्तीबाट नौ दिनभित्र १५ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । सरकारले भने विस्थापितहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखेको जनाएको छ ।














