काठमाडौं, २५ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र प्रधानन्यायाधीश सिफारिस प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् ।
शुक्रबार जारी विज्ञप्तिमा उनले संसद् छल्दै अध्यादेश ल्याइएको र चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश सिफारिस गरिएको भन्दै सरकारको कदमको आलोचना गरेको हो ।
साम्पाङले वरीयता उल्लङ्घन गरिएको निर्णयमा हस्ताक्षर गरेको भन्दै उपसभामुख रुबीकुमारी ठाकुर प्रति पनि खेद प्रकट गरेका छन् । उनले विधि र प्रक्रियाविपरीत गरिने निर्णयको आफ्नो पार्टीले विरोध गर्ने बताएका छन् ।














