काठमाडौं, २५ वैशाख । आठ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ ।
उपकुलपति छनोट तथा सिफारिस समितिले सूचना जारी गर्दै त्रिभुवन, पूर्वाञ्चल, पोखरा, लुम्बिनी बौद्ध, कृषि तथा वन विज्ञान, मध्यमपश्चिम, सुदूरपश्चिम र राजर्षि जनक विश्वविद्यालयका लागि आवेदन मागेको हो ।
समितिले १० दिनभित्र शिक्षा मन्त्रालयको वेबसाइटमार्फत दरखास्त दिन आग्रह गरेको छ । सरकारले अध्यादेशमार्फत पदाधिकारी पदमुक्त गरेपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको हो । 














