जनकपुर, २छ वैशाख । धनुषाको महेन्द्रनगरस्थित जनकपुर–ढल्केवर सडकखण्डमा आफूलाई सुकुम्बासी बताउने स्थानीयले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् ।
क्षिरेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनकारीहरूले वर्षौंदेखि बसोवास गर्दै आएको ठाउँमा डोजर चलाउन खोजिएको भन्दै विरोध जनाएका छन् ।
उनीहरूले बसोवासको उचित व्यवस्थापनको माग गर्दै टायर बालेर प्रदर्शन गरेका छन् ।














