कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी युवकको हत्या

काठमाडौं, २३ वैशाख । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ ।

कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा विपिन घिमिरेमाथि दिउँसो साढे २ बजे हतियार प्रहार भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते उनलाई कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार घटना साथी–साथीबीचको विवादबाट भएको हो । हतियार प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेको र उनलाई चाँडै पक्राउ गरिने प्रहरीले जनाए ।