काठमाडौं, २३ वैशाख । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले सुकुमवासी तथा अव्यवस्थित बासिन्दा बसिरहेका होल्डिङ सेन्टरहरूको स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ ।
समितिले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विस्थापित भई अस्थायी आश्रयस्थलमा रहेका नागरिकहरूको मानव अधिकार अवस्था प्रत्यक्ष रूपमा बुझ्न यस्तो निर्णय गरेको छ ।
यस विषयमा सोमबार बसेको बैठकमा छलफल भएपछि सांसदहरूको प्रस्तावका आधारमा अनुगमन गर्ने निष्कर्ष निकालिएको समितिले जनाए ।














